Learn More
  Home
 
  


भुतहरू
जसले मान्छेको अस्त्तित्वलाई कूल्चेर
मान्छेकै मुकुन्डो लगाउँछ
 
अनी,
मान्छेलाई तर्साउन
हरेक पटक भेस बदल्छ
कहिले सिङ हाल्छ
त कहिले पुच्छर हाल्छ
हो यस्तै छन् मेरा `भूतहरु`

म हरेक रातहरुमा कहालिन्छु
किनकी अँधेरो रातमा
भूतहरु
मेरा घरका भित्ताहरुमा
नाच्छन्, हाँस्छ्न्
अनी
मलाई तर्साउदै भन्छन्
"हे मान्छे
अब कहिल्यै विहानी हुँदैन"

तर
म निरास छैन
किनकी हरेक
रातहरुको अन्त्यमा
सुन्दर विहानी हुन्छ
म त्यही विहिनिको
आशामा बसिरहेको छु
किनकी
यि रातहरुमा
म सन्धै देखने गर्छु
डरलाग्दा भुतहरू!

visit again


तिम्रो लागि लेखिएका होइनन् यी शब्दहरु

तिम्रो लागि होइनन् बोलिएका यी लवजहरु

तिम्रो र मेरो नता कहां प्रस्ट्याउन सकेकाछौ र?

कसरी कुन अनुपातमा मिसिदैं गयौ र

हामी भवनाको सागरमा,

 

हिसाब किताबका सूत्रहरु म सक्दिन पहिल्याउन

तिमी हिड्यौ पदचाप पछ्याउदै वा

म साटिए तिम्रा पाइलाहरुमा

भन्न सक्दिन म, तर समयका

हिजोहरुमा आपसमा तरङ्गित भएझै

अनुभूतिको सानो अशं दुखिरहन्छ

मनभित्र,

 

अब पनि किन पल्टाउनु छ र

नीरस इतिहांसमा पानाहरु

बिगत केस्रा-केस्रा केलाएर किन

डाक्नु छ र चिसा रातीहरु,

तिमी जाऊ जादैं गर जहां तिम्रा मन

हरु मन सगं बात मारुन्

आफै भित्र गोता लगाइ आफैलाइ

बल्छि मा पारुन्

 

रोकुन्, छेकुन् आफैलाई कुना कुना

लखेटेर, अटेसमटेस भएर नपोखी

खादिंएर रहुन्, जमीरहुन्, अतालिएर

पग्लिनु, बग्नु, खोल्सो खोल्सि भरिएर

 

तिमीमा म हुनु कुनै हुनु होइन

ममा तिमी नहुनु कुनै नहुनु होइन

फगत जिवन हो ; मात्र बाच्नु हो आफुमा

आफु भएर, आफुमा आफु बेरिएर, आफुमा

आफै साटिएर, तिमी भएर होइन,

तिमी देखिएर होइन, तिमीबाट हेरिएर होइन

आफुमा आफै देखिएर, आफै बाट हेरिएर !

                                       by Amrit Cafle

 
   
 
This website was created for free with Own-Free-Website.com. Do you want your own website too?
Register for free